एनआइसी एसिया क्यापिटलका ४ वटा फन्डको नगद लाभांश खातामा जम्मा

८ आश्विन २०८१, मंगलवार ०८:१३

काठमाडौँ । एनआइसी एसिया क्यापिटलका ४ वटा म्युचुअल फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश पठाएका छन् । एनआइसी एसिया सेलेक्ट ३०, एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्स्ड फन्डले नगद लभांश इकाइधनीको खातामा जम्मा गरिदिएका हुन् ।

४ वटै फन्डले इकाइधनीलाई असोज ४ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेका हुन् । यता, फन्डको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।

यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने क्यापिटलले जनाएको छ ।

एनआइसी एसिया सेलेक्ट ३० का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डको करसहित १०।५० प्रतिशत, ग्रोथ फन्डको करसहित ९.५० प्रतिशत र ब्यालेन्स्ड फन्डको करसहित ९।२५ प्रतिशत प्रतिफल वितरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*