सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

७ आश्विन २०८१, सोमबार १६:००

काठमाडौँ। सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*