आई पे रेमिटले हरितालिका तीजलाई लक्षित गरी ल्यायो टिकटक च्यालेज योजना

१४ भाद्र २०७८, सोमबार १७:४०

काठमाडौं । आई पे रेमिटले हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेज योजना ल्याएको छ। यस योजना अन्तर्गत भाद्र १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाह्ने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ।

भाद्र २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगी ले लक्की ड्रमार्फत बम्पर क्यास प्राइज २० हजार जित्ने मौका पाउनेछन् ।त्यस्तै, यस च्यालेन्जमा सहभागी हुने मध्ये दैनिक पाँच जनाले लक्की ड्र मार्फत पाँच् सय रुपयाँ को टपअप पाउनेछन् भने सर्वाधिक लाइक आएको कुनै एक प्रत्योगिले नगद पुरस्कार १० हजार जित्ने मौका पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*