१ अर्ब ८० करोड लगानीमा रोयल ट्युलिपले बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्दै

७ आश्विन २०८१, सोमबार १३:५४

काठमाडौं । लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल टुलिपले काठमाडौंमा आफ्नो लक्जरी रिसोर्ट बनाउने भएको छ । १ अर्ब ८० करोड नेपाली रुपैयाँको लगानीमा रिसोर्ट निर्माण हुन लागेको हो ।

२६ रोपनी जमिनमा फैलिएको यो रिसोर्टले ७५ बिस्तारित कोठा, आधुनिक सुविधा र नेपालको प्राकृतिक सौन्दर्यलाई एकीकृत गर्ने गरी डिजाइन गरिएको छ । ५०० जनालाई सेवा दिने बैंक्वेट हल, विश्वस्तरीय स्पा, स्टीम रुम, निजी जकुजी, र अन्य सुविधाहरू रिसोर्टमा उपलब्ध हुनेछन् ।

यो परियोजनाको नेतृत्व अध्यक्ष मुकुन्दराज कुँवर र निर्देशक तथा ग्लोबल इक्विटी फण्ड लिमिटेडका सह(संस्थापक आशिष ढकालले गरेका छन् । रोयल टुलिप सारोवर होटल्सको औपचारिक हस्ताक्षर समारोह भोलि नयाँ दिल्लीमा सम्पन्न हुनेछ ।

मुकुन्दराज कुँवरले भने, “रोयल ट्युलिपलाई नेपालमा ल्याउन पाउँदा हामी गर्वित छौं, र हामी विश्वस्त छौं कि यस रिसोर्टले देशमा लक्जरी आतिथ्यको नयाँ स्तर स्थापित गर्नेछ। हाम्रो लक्ष्य भनेको पाहुनाहरूलाई उच्चतम आरामका साथ प्रकृतिको शान्तिमा रमाउन सक्ने गन्तव्य प्रदान गर्नु हो।”

आशिष ढकालले थप्दै भने, “यो परियोजना हामी र नेपालको पर्यटन उद्योगको लागि एक ऐतिहासिक उपलब्धि हो। बुढानिलकण्ठको सुन्दर परिवेशले पाहुनाहरूलाई प्रकृतिसँग जोड्न र शान्ति खोज्ने उत्कृष्ट गन्तव्य प्रदान गर्नेछ। हामी यस रिसोर्टलाई नेपालमा एक प्रमुख लक्जरी गन्तव्य बनाउन प्रतिबद्ध छौं।ू
रोयल ट्युलिप बुढानिलकण्ठ रिसोर्टले नेपालको बढ्दो पर्यटन क्षेत्रलाई उल्लेखनीय रूपमा योगदान पुर्याउने अपेक्षा गरिएको छ, जसले मनोरञ्जन र व्यवसाय दुबै प्रकारका यात्रुहरूलाई आकर्षित गर्नेछ। विश्वस्तरीय सेवा र सुविधाहरूमा केन्द्रित यस रिसोर्टले यस क्षेत्रमा लक्जरी यात्राको लागि एक प्रमुख गन्तव्य बन्ने योजना बनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*