अहिलेसम्म बजार विश्लेषकको रुपमा कसैलाई पनि दर्ता गरिएको छैन, बुझेर मात्र लगानी गरौः नेप्से

७ आश्विन २०८१, सोमबार १२:५१

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालमा प्रसारित विश्लेषक तथा विज्ञका नाममा आउने बजार विश्लेषणलाई मात्र आधार बनाएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ। नेप्सेले हालसम्म नेपालमा कुनै पनि निकायले बजार विश्लेषकको रूपमा कसैलाई दर्ता गर्ने वा मान्यता प्रदान नगरेको स्पष्ट गरेको छ।

नेप्सेले फेसबुक, ट्विटर, क्लब हाउसजस्ता सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरूमा आउने विश्लेषणलाई सत्यताको आधारमा परीक्षण नगरीकन लगानी गर्दा जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।

त्यसैले, वास्तविक सूचना र तथ्यमा आधारित भएर मात्र लगानी सम्बन्धी निर्णय लिन नेप्सेले सबै लगानीकर्ताहरूलाई अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*