आजपनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?

७ आश्विन २०८१, सोमबार १०:३०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज हालसम्मकै उच्च बन्न पुगेको हो ।

सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*