ऋण नतिरेपछि सम्पत्ति लिलामी गर्दै प्राइम कमर्सियल बैंक

७ आश्विन २०८१, सोमबार ०९:२७

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो बगर, धरान, र विर्तामोड शाखाका ऋणीहरूको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने सम्बन्धमा ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले आफ्नो विभिन्न शाखाबाट लिएका ऋणहरू समयमा तिर्न असफल भएका ऋणीहरूलाई यसअघि ३५ दिने र १५ दिने सार्वजनिक सूचनासहित धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने चेतावनी दिइसकेको थियो।

बैंकका अनुसार ऋणीहरूलाई पटक–पटक मौखिक तथा लिखित चेतावनी दिए पनि साँवा, ब्याज, हर्जाना ब्याज, र किस्ताहरू तिर्न बेवास्ता गरेका छन्। बैंकले कर्जा असुलीका लागि अब धितोमा रहेको सम्पत्ति शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्न लागेको हो। यो लिलाम प्रक्रिया मार्फत ऋणीहरूको सम्पत्तिमा जे जस्तो अवस्था रहेको छ, त्यसै अवस्थामा लिलाम गरिने छ, र बैंकको सम्पूर्ण बक्यौता रकम असुल उपर गरिनेछ।

यदि लिलाम बिक्री सफल नभएमा वा लिलामबाट आवश्यक रकम असुल गर्न नसकेमा, बैंकले कानूनी प्रक्रियाद्वारा ऋणी र व्यक्तिगत जमानतकर्ताहरूको अन्य सम्पत्ति र घरजग्गाबाट बक्यौता असुल गर्ने प्रक्रिया अघि बढाउने बताएको छ। साथै, सम्पूर्ण ऋणीहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न सम्बन्धित निकायमा जानकारी पठाउने पनि सूचनामा उल्लेख गरिएको छ।

बैंकले ऋणीहरूलाई ७ दिनभित्र सम्पर्क गरी समाधानका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ, अन्यथा धितोमा रहेको सम्पत्तिको लिलाम प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*