हिमालयन बैंकद्वारा ऋण नतिर्नेलाई ३५ दिने ताकेताः बक्यौता नतिरे कारवाहीको चेतावनी

७ आश्विन २०८१, सोमबार ०८:५९

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले ३५ दिने सूचना जारी गर्दै बैंकबाट ऋण लिएका तर समयमा चुक्ता गर्न नसकेका ऋणीहरूलाई तुरुन्तै सम्पर्क गर्न आग्रह गरेको छ। बैंकले जारी गर्दै शाखा कार्यालयहरूबाट विभिन्न कर्जाको शिर्षकमा लिएको ऋणको साँवा, ब्याज तथा अन्य बक्यौता नतिरी ऋण शर्त उल्लंघन गरेकाहरु सम्पर्कमा आउन भनेको हो ।

बैंकले यसअघि पनि लिखित तथा मौखिक चेतावनी दिएको भए पनि ऋणीहरूद्वारा कर्जा चुक्ता भुक्तान नगरिएको हुँदा यो सूचना प्रकाशित गरेको हो। ऋणीहरूलाई ३५ दिनभित्र सम्पर्क गरी सम्पूर्ण बक्यौता चुक्ता भुक्तान गर्न भनिएको छ।

समयमा भुक्तानी नगरिएमा सम्बन्धित ऋणीलाई कालोसूचीमा राखी ऐन कानून अनुसार कारवाही गरिने र बैंकले आफ्नो लेनदेन असुलीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*