ज्योति लाइफको छैठौं सेल्स सम्मेलन सम्पन्न

१४ भाद्र २०७८, सोमबार १६:२२

काठमाडौं ।ज्योति लाइफको छैठौ सेल्स सम्मेलन काठमाडौमा सम्पन्न गरेको छ । देशभरिको शाखा तथा उपशाखाका कर्मचारी सहितको उपस्थितिमा बीमा ब्याबसायको समिक्षा र भावी योजना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।उक्त सम्मेलन कार्यक्रममा उत्कृष्ट बीमा ब्याबसाय क्लेक्सन गर्ने सर्वोत्कृष्ट ६ जनालाई दिइने उत्कृष्ट कर्मचारी बर्षका रूपमा सम्मान गरेको हो ।

कार्यक्रममा एरिया सेल्स म्यानेजरमा बाग्लुङका एरिया सेल्स म्यानेजर मेघराज खड्का र अपरेशन इन्चार्जको तर्फबाट पोखरा शाखाका इन्चार्ज प्रकाश पोखरेलले उत्कृष्ट कर्मचारीमा सम्मानित भएका थिए ।

कार्यक्रममा कम्पनी संचालक समितिका अध्यक्ष नन्दकिशोर शर्मा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री एजेन्सी सेल्स प्रमुख फर्सुराम मरासिनिले उत्कृष्ट कर्मचारी हरुलाई नगद सहित प्रमाणपत्र मेडल र दोसल्ला ओडायर सम्मानित गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*