इन्फिनिटी लघुवित्तको ३७ हजार कित्ता शेयर सर्वसाधारणले किन्ने मौका

७ आश्विन २०८१, सोमबार ०८:३९

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३७ हजार ८८७ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै शेयर खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेको भएपनि सो अवधिमा कुनै पनि आवेदन नपरेको हुँदा सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज ७ गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट २ नवलपरासीमा आवेदन दिन सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*