दुर्गा प्रसाईंलाई थुनाउने रास्वपा केन्द्रीय सदस्य, गाली खाने केपी ओली

७ आश्विन २०८१, सोमबार ०८:२५

काठमाडौं । साइबर अपराधको आरोपमा घरैबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका (ज्वाला) संग्रौलाले साइबर व्यूरोमा उजुरी हालेकी थिईन् ।

प्रसाईंसँगै साइबर अपराधको कसुरमा व्यूरोले युट्युब च्यानल चलाउने बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको थियो । प्रसाईंले रास्वपा केन्द्रीय सदस्य संग्रौलाविरुद्ध ‘फेक समाचार’को हवाला दिंदै आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ । अदालतबाट गएको बुधबारै पक्राउको अनुमति पाए पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै संग्रौलाले सामाजिक सञ्जालमा फेरि आपत्ति जनाएकी थिईन् ।

प्रसाईं समर्थकहरुले आफुलाई ज्यानमार्ने धम्की दिउको समेत उनले सामाजिक सञ्जाल फेसबुक (मेटा)मा उल्लेख गरेकी छन् । प्रसाईंले पनि पक्राउ पर्नुअघि युट्यव च्यानललाई अन्तर्वार्ता दिंदै आफुविरुद्ध साइबर व्यूरोमा उजुरी हाल्नेलाई नछोड्नै खुुल्ला धम्की दिएको देखिन्छ । उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई सराप्दै सत्तासिन एमाले पार्टी २०८४ को चुनावमा पत्तासाफ हुने समेत अभिव्यक्ति दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*