बैंकको ब्याजदर घट्दा बीमा कम्पनीहरु मर्कामा, जीवन बीमाका बीमितहरुको बोनस दर अझै घट्ने त्रास

६ आश्विन २०८१, आईतवार १२:२२

काठमाडौं । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीमा बीमा गरेका बीमितहरुलाई आगामी वर्षबाट बोनसदर अझै घट्ने त्रास बढेको छ । बैंकहरुले ब्याजदर अन्यायपूर्वक घटाएपछि त्यसको असर बीमा कम्पनी र बीमा गरेका बीमितहरुमा पर्ने देखिएको छ ।

बैंकहरुले पछिल्लो पटक असोज महिनादेखि लागू हुने गरी ब्याजदर अझै घटाएको छ । ब्याजदर घटाउँदा बीमा कम्पनीहरुमा रहेको करिब छ खर्ब निक्षेप प्रभावित भएको छ । बीमा कम्पनीहरु देशको अर्थतन्त्रको मेरुदण्ड हुन् भने पुँजि निर्माणको मुख्य संवादहक समेत हुन् । बीमा कम्पनीहरुले आफूसँग भएको खर्बौं रुपैयाँ निक्षेपलाई बैंकहरुमा निक्षेप राखेर आम्दानी गरी बीमितहरुलाई बोनस वितरण गर्ने गर्दछन् ।

पछिल्लो पटक बैंकहरुको ब्याजदर उच्च अंकले घटेको छ । गत वर्ष ९ प्रतिशत हाराहारी रहेको निक्षेपको ब्याजदर असोज महिनासम्म आईपुग्दा पाँच प्रतिशत हाराहारीमा झरेको छ । जसको प्रत्यक्ष असर बीमा क्षेत्रबाट परिचालित हुने निक्षेपमा परेको छ । ब्याजदर घटेको कारण जीवन बीमा क्षेत्रले बार्षिक करिब २७ अर्ब रुपैयाँ आम्दानी गुमाउनेछ । ठूलो गत वर्षको तुलनामा यस वर्ष कम्तीमा ४० प्रतिशतले मुद्दति निक्षेपबाट हुने आम्दानी गुमाउनेछन् ।

 

अहिले घटेको ब्याजदरको प्रत्यक्ष असर अर्को वर्षमा बीमितहरुले पाउने बोनसदर समेत प्रभावित हुनसक्ने देखिएको छ । बीमा कम्पनीहरुले निक्षेपको ब्याजदर घटाइएको विषयमा चासो देखाए पनि नीतिगत रुपमा तत्काल समाधान हुने अवस्था छैन ।

नेपाल राष्ट्र बैंकले प्रभावकारी नियमन गर्न नसक्दा नीतिगत नियमन भन्दा पनि घटनाक्रमको नियमन गर्दै आएको छ । ब्याजदर उच्च गतिमा घट्दा समेत ऋण प्रवाह हुन नसकेपछि अलमलमा परेको केन्द्रीय बैंकले लगातार घटिरहेको ब्याजदर नियमन गर्ने बारे कुनै चासो देखाएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*