दशैंको अग्रिम टिकट बुकिङ असोज १२ देखि, बीपी राजमार्गमा कडाई

६ आश्विन २०८१, आईतवार ०८:५८

काठमाडौं । दशैंतिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ् असोज १२ गतेदेखि खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको छलफलले असोज १२ देखि अग्रिम टिकट बुझिङ् खोल्ने निधो गरेको हो ।

यसबारे थप तयारीका लागि यातायात व्यवस्था विभागसँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा बसेको बैठकले व्यवसायीका माग सम्बोधन गर्न ७ बुँदे निर्णय गर्दैै अग्रिम टिकट बुकिङको निधो गरेको हो ।

बैठकले घटस्थापनाअघि सबै सडक मर्मत गरिसक्नुपर्ने, बीपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृहमन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय गरेको छ ।

यस्तै, सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यवस्थापन गरिने बताइएको छ । वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठपर्वको एक हप्तापछि घाडादर समायोजन गरिने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*