नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

१४ भाद्र २०७८, सोमबार १३:२९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ। किष्ट मेडिकल कलेज इमाडोल ललितपुरमा बरिष्ठ नेत्र रोग बिशेषज्ञको रुपमा कार्यरत प्रा. डा. पूज्यस्वरी कार्कीको कोरोना संक्रमणबाट निधन भएपछि उनको परिवारलाई बीमा वापतको १ करोड १७ लाख हस्तान्तरण गरेको छ ।

डा. कार्कीले कम्पनीबाट सन् २०१८ जुलाइमा १० बर्षे अमृत बर्षा बीमा योजना खरिद गरेकी थिइन् ।कोरोना संक्रमणका कारण कार्कीको २०७८ साल जेठ ५ गते निधन भएको थियो ।जीवन बिमा कम्पनीले डा।कार्कीको इच्छ्याइएका ब्यक्ति छोरा प्रारब्धलाई सोमबार १ करोड १७ लाख ७५ हजारको चेक हस्तान्तरण गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*