दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

६ आश्विन २०८१, आईतवार ०७:२४

काठमाडौँ । आज अर्थात् असोज ६ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि सोमबार असोज ७ गते बुक क्लोज गर्दैछन् । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो २ आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत (कर बाहेक) का दरले बोनस सेयर वितरण गर्दैछ । उक्त बोनस सेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने जनाएको छ ।

उक्त प्रस्ताव पारित गर्न असोज २१ गते कालिमाटी ब्यांक्वेट कालिमाटी, काठमाडौंमा बिहान १० बजे साधारण सभा बोलाएको छ ।

यता, ओरियन्टल होटल्सले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजे बस्ने गरी २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*