ग्लोबल आइएमई लघुवित्तद्धारा ब्याज रकममा छुट

१४ भाद्र २०७८, सोमबार १३:१८

काठमाडौं । विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई करिब ९० लाख बराबरको ब्याज रकम छुट प्रदान गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले सम्पूर्ण क्षेत्र, पेशा र व्यावसाय प्रभावित भइरहेको यस बिषम परिस्थीतिमा वित्तीय संस्थामा आवद्ध ऋणी सदस्यहरुलाई राहत स्वरुप संस्थाले १०(दश) प्रतिशत ब्याज छुट प्रदान गरेको हो ।

वित्तीय संस्थाको हाल देशभर ११२ वटा शाखा कार्यालयहरु, १,२८,५०३ जना ग्राहक सदस्यहरु र लगानीमा रहिरहेको कर्जा रकम ६ अर्ब ५६ करोड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*