सहकारी छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

४ आश्विन २०८१, शुक्रबार १५:४४

काठमाडौँ । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदन भदौ ३१ गते सोमबार प्रतिनिधिसभाको बैठकमा पेस गरिएको थियो । आज शुक्रबार संघीय संसद् सचिवालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो ।

सभामुख देवराज घिमिरेले यो प्रतिवेदन प्रतिनिधि सभाको बैठकमा पेस भएकै दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । यता भदौ २ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पनि प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।

प्रतिवेदन अनुसार गोरखा मिडिया नेटवर्कको बैंक खातामा विभिन्न पाँच सहकारी संस्थाका नामबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सिधै रकम जम्मा भएको पाइएको छ । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार विभिन्न पाँच सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पैसा आएको हो ।

chanbin_pratibedan

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*