नेपाल पत्रकार महासंघ नेतृत्वविहीन

४ आश्विन २०८१, शुक्रबार १४:२४

काठमाडौँ । नेपाल पत्रकार महासंघ हाल नेतृत्वविहीन बनेको छ। महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएपछि महासंघ नेतृत्वविहीन भएको हो। महासंघको सदस्यता शुद्धीकरणसम्बन्धी जटिलताका कारण निर्वाचन सम्पन्न गर्न नसकिएपछि विष्टले राजीनामा दिएका हुन्।

विष्टले महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई आफ्नो राजीनामा बुझाएका छन्। यसअघि महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्षको भूमिकामा रहेका थिए। विष्टले आफ्नो राजीनामा पत्रमा महासंघभित्रको संरचना र विधि विधानको उपेक्षा गर्दै करिब ४ सय गैरपत्रकारलाई सदस्यता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

महासंघको सदस्यता वितरणमा राजनीति हावी भइरहेको र यसले वास्तविक पत्रकारहरूको स्थान खोस्दै गैरपत्रकारलाई महासंघको हिस्सा बनाएको भन्दै आलोचना भइरहेको छ। विष्टको राजीनामापछि महासंघमा नयाँ नेतृत्वको चयन र सदस्यता व्यवस्थापनको विषयले थप चुनौती निम्त्याउने देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*