प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

४ आश्विन २०८१, शुक्रबार १३:४८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दैै प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान भएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत मन्त्रीहरुले बिदाई गरे ।

प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*