ग्लोबल आइएमई बैंकद्धारा तीज क्यासब्याक योजना सार्वजनिक, के के छन सुविधा ?

१४ भाद्र २०७८, सोमबार १२:५८

काठमाडौं । ग्लोबल आइएमई बैंकले तीजको अवसर पारी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकहरुलाई विशेष क्यासब्याक योजना ल्याएको हो ।

उक्त योजना अन्र्तगत भदौ २१ गते र कुशे औंशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा गिफ्ट टु फादर लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (३०० सम्म) क्यासब्याक पाउने छन् ।

त्यस्तै भदौ २३ गते दर खाने दिनमा फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा बैंकको डेबिड क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा २० प्रतिशत (५०० सम्म) क्यासब्याक फिर्ता पाइने सुविधा रहेको छ ।

त्यस्तै, तीज अवसरमा महिलालाई प्राथमिकता दिदै भदौ १६ देखी भदौ ३१ गतेसम्म बैँकमा नारी बचत तथा नारी शक्ति बचत खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पिवोएस इकम मार्फत ३ हजार वा सो भन्दा बढीको भुक्तानीमा ३०० क्यासब्याक फिर्ता पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*