नेपाल फाइनान्समा लगानीकर्ताहरुले लह-लहैमा गुमाए अर्बौ रुपैयाँ

४ आश्विन २०८१, शुक्रबार १२:४५

काठमाडौँ । अस्वभाविक रुपमा वृद्धि भएको नेपाल फाइनान्सको शेयर मूल्य ह्वात्तै घटेपछि लगानीकर्तामा छटपटी भएको छ । केहि सीमित ब्यक्तिहरुको लह–लहैमा लागेर लगानी गरेपछि लगानीकर्ताको माटो रकम गुमेको हो ।

केहि ठुला लगानीकर्ताले समाजिक सञ्जालदेखि क्लब हाउसमा नेपाल फाइनान्सको शेयर मूल्य पाँच हजार पुग्ने आश दिदै २ हजार आसपास हुँदा खरिद गर्ने लगाएका थिए । तर, पछिल्ला केहि दिन यता जसरी शेयर बढेको थियो त्यसनै शेयर मूल्य ओरालो लाग्न थालेपछि लगानीकर्ता चिन्तित बनेका छन् ।

फाइनान्स कम्पनी मध्यकै सबैभन्दा बढी शेयर मूल्य रहेको नेपाल फाइनान्सको शेयर मूल्य ४७.७६ प्रतिशत घटेको छ । गत साउन २९ गते कम्पनीको शेयर प्रतिकित्ता २ हजार ६१४.९० रुपैयाँ रहेको थियो । यस साताको बुधवारसम्म आइपुग्दा कम्पनीको मूल्य १ हजार ३६५.९० रुपैयाँमा सीमित बनेको छ । अझ ओरालो लाग्ने क्रम जारी नै देखिन्छ ।

गत साउन २ गतेदेखि बढेको कम्पनीको शेयर मूल्य सोही महीनाको २९ गते हालसम्मकै उच्च कायम भएको थियो । त्यसयता भने कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यस आधारमा २ हजार ६०० रुपैयाँभन्दा बढीमा शेयर खरीद गर्ने लगानीकर्ता अहिले घाटामा छन् ।

अरुको लह–लहैमा लाग्दा नवप्रवेशी र स–साना लगानीकर्ता जसलाई शेयर बजार बारे खासै ज्ञान थिएन ति ब्यक्ति नेपाल फाइनान्समा डुबेका छन् । शेयर मूल्यमा चलखेल गरेर केहि सीमित ब्यक्तिले अस्वभाविक वृद्धि गरी आफुले नाफा बुक गर्दै एक्जिट भए । तर, स–सानालाई मूल्य यति पुग्छ यति पुग्छ भनेर बजार राम्रो छ भन्दै शेयर खरिद गर्ने लगाए । जस साना लगानीकर्ता गुमहरामा परे ।

नियामक निकायसहित अर्थमन्त्री विष्णु पौडेलले कम्पनीको वित्तीय अवस्था, भावि योजना र नेटवर्थ हेरेर लगानी गर्ने बेला बेला लगानीकर्ता आग्रह गरी रहेका छन् । तर, एक रात मै धनी बन्ने सोच राखेर लह–लहैमा शेयर खरिद गर्दा लगानी बालुवामा पानि झै भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नेपाल फाइनान्सको मुनाफा १० प्रतिशतले घटेर एक करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको हो । खराब कर्जा घटेको भएपनि निकै उच्च नै देखिएको छ । हाल कम्पनीको खराब कर्जा ९.११ प्रतिशत रहेको छ ।

यता, कम्पनीको वितरणयोग्य मुनाफा भने २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ, पीई अनुपात ३६०.१५ गुणा र प्रतिसेयर नेटवर्थ १३७.१२ रुपैयाँ कायम भएको छ । सूचकबाट प्रष्ट हुन्छ की कम्पनी कति नाजुक अवस्थामा रहेका छ,ज सले लगानीकर्तालाई प्रतिफल समेत दिन सक्दैन । यस कम्पनीले आर्थिक वर्ष २०६७।६८ यता कुनै पनि लाभांश दिएको छैन ।

वित्तीय अवस्था नै दर्दनाक रहेको कम्पनीका आँखा चिम्लिएर लगानी गर्दा शेयर लगानी जोखिममा परेको छ । नेपाल फाइनान्स एक उदारहण मात्र भएपनि यस्ता कम्पनी दर्जनौ छन्, जसको वित्तीय अवस्था जस्तो सुकै भएपनि केहि सीमित माफियाहरुले चलखेलले मूल्य अस्वभाविक बढ्छ । अस्वभाविक मूल्य बढेकै बेला माफिया एक्जिट हुन्छन् सोझा र नवप्रवेशी फस्छन् ।

केहि महिना अघि सांसद भवनमा सांसदहरुले वित्तीय अवस्था नै कमजोर भएको कम्पनीको शेयर मूल्य चलखेलले गर्दा उचालिएको प्रश्न गर्दा सांसदलाई नै शेयर बजार विरोधी भन्ने लगानीकर्तामा अहिले चिन्ता बढेको छ । कांग्रेस सांसद प्रकाशसरण महत र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दिएको सुझाव लगानीकर्ता विष झै भएको थियो । तर, अहिले सांसदहरुको बोलि सत्य सावित हुँदा लगानीकर्ता खिन्न भइरहेका छन् ।

नोटः शेयर बजारमा लगानी गर्दा भावनात्मक रूपमा होइन, वित्तीय स्थिति र भविष्यको योजना हेरेर विवेकपूर्ण निर्णय लिनुपर्ने खाँचो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*