बीमा प्राधिकरणको छ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा बीमा अभिकर्ताहरुले धर्ना दिँदै

४ आश्विन २०८१, शुक्रबार ११:१६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको छ वटै प्रदेश कार्यालय र कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा आज बीमा अभिकर्ताहरुले धर्ना दिँदै छन् । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेतृत्वमा देशैभरि एकै साथ आन्दोलन गर्न लागिएको हो ।

बीमा प्राधिकरण र अर्थमन्त्रालय मिलेर बीमा नियमावलीमार्फत अभिकर्ताहरुको अधिकार कटौति तथा लाइसेन्स खारेज गर्ने चेतावनीयुक्त वाक्यांश निर्देशिकामा राखेको विरवोधमा आज देशैभरिका छ वटै प्रदेश कार्यालय र केन्द्रीय कार्यालय घेराउ गर्न लागिएको हो ।

आज केन्द्रीय कार्यालय कुपण्डोलमा विहान ११ः३० बजे र अपरान्ह १ बजे छ बागमति बाहेकका छ वटै प्रदेश कार्यालयमा घेराउ तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको पेशागत बीमा अभिकर्ता संघले जनाएको छ ।

-फाइल तस्विर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*