प्राधिकरणमा उप कार्यकारी निर्देशक राख्ने अडानले पास भएन ओएनएम सर्भेको प्रतिवेदन

४ आश्विन २०८१, शुक्रबार १०:५३

काठमाडौं । नेपाल बीमा प्राधिकरणको नयाँ संरचना सम्बन्धी प्रस्ताव फेरि पनि असफल भएको छ । अर्थ मन्त्रालयका नयाँ सञ्चालक मदन दाहाल आएपछिको पहिलो पटक बैठकमा बीमा प्राधिकरणको संरचनागत सुधारको लागि उप कार्यकारी निर्देशक सहित दुई थप निर्देशकको दरबन्दी सिर्जना गर्ने प्रस्ताव गत भदौं ३० गते बसेको सञ्चालक समितिको बैठकमा पेश भएको थियो ।

तर, उक्त प्रस्तावमा हाल कही पनि अभ्यास नभएको उप कार्यकारी निर्देशक राख्नैपर्ने अडान पछि १० औं पटक अस्वीकृत भएको छ । यसअघि नै पटक पटक सञ्चालक समितिको बैठकमा एजेण्डा बन्दै आएको ओएनएम सर्भे र सो आधारमा तयार पारिएको प्रतिवेदन अनुसारको पद सिर्जना गर्न सञ्चालकहरु तयार भएनन् ।

पहिलो प्राधिकरणले चलाखीपूर्वक नयाँ सञ्चालक आएकै दिन उक्त आन्तरिक प्रशासनतर्फको प्रस्ताव पास गर्ने रणनीति अनुसार गत भदौं ३० गतेको बैठकमा एउटा मात्रै एजेण्डा पेश गरिएको थियो । तर, झुक्याएर ओएनएम सर्भे पास गर्ने प्रयास फेरि पनि असफल भएको छ ।

प्राधिकरण स्रोतका अनुसार उप कार्यकारी निर्देशक राख्ने यही नभएको अनैतिक प्रस्तावका कारण प्राधिकरणको दायरा फराकिलो पार्ने प्रस्ताव त्यतिकै अल्झिएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार उप कार्यकारी निर्देशक राख्ने व्यवस्था नहटाएसम्म पास हुन नसक्ने अवस्था छ ।

बीमा प्राधिकरणमा गत जेठदेखि कार्यकारी निर्देशक पद रिक्त छ । लामो समयदेखि कार्यकारी निर्देशक पद रिक्त भएपछि नियुक्त गर्न सकिएको छैन । प्राधिकरणमा नीतिगत भ्रष्टाचार गर्न सजिलो बनाउन प्रशासनिक संरचना कमजोर बनाएर चलखेल गर्ने तत्वहरुलाई फाइदा पुगिरहेको तर्फ प्राधिकरणका उच्च तहका व्यक्तिको ध्यान कहिले पुग्ला ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*