एनएमबि सरल बचत फण्ड–इ ले प्रतिफल वितरण नगर्ने

४ आश्विन २०८१, शुक्रबार ०९:१३

काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ ले प्रतिफल वितरण नगर्ने भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडले एक सूचना जारी गर्दै गत आर्थिक वर्ष ०८०र८१ को मुनाफाबाट यस योजनाले कुनै पनि प्रतिफल वितरण गर्ने जानकारी दिएको हो ।

२०७८ असोज ६ गते ४ करोड इकाई बाँडफाँट गरी सञ्चालनमा रहेको यस योजनाले हालसम्म प्रतिफल वितरण गरेको छैन ।

खुलामुखी प्रकृतिको यस योजनाको गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ७४ पैसा छ । सो अवधिसम्म योजनाको इकाई २१ करोड ३२ लाख ५७ हजार ८१२ दशमलव ७९ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*