हिमालय ऊर्जाले सोमबारदेखि साढे १४ लाख कित्ता हकप्रद बिक्री गर्दै, न्यूनतम मूल्य कति ?

४ आश्विन २०८१, शुक्रबार ०८:३६

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले उक्त शेयरहरू सोमबार अर्थात् असोज ७ गतेदेखि १४ गतेसम्म बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले यसअघि १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको थियो । जसमा पूरा बिक्री हुन नसकेको शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयामा बिक्री गर्नेछ ।

यस शेयर जोकाही लगानीकर्ताले खरीद गर्न पाउँछन् । शेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्छ भने अधिकतममा सबै कित्ता खरीद गर्न सकिनेछ ।

इच्छुक खरीदकर्ताले शेयर बिक्री खुलेपश्चात् बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड वा नबिल बैंकका रङ्गेलीरोड, भानुचोक, सूर्यविनायक, सभागृहचोक, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*