कृषि विकास बैंकका सीईओ गुरुङको नाम दुरुपयोग गरी ठगी प्रयास

४ आश्विन २०८१, शुक्रबार ०८:२९

काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको नाम, फोटो र पदको अनधिकृत प्रयोग गर्दै एक अपरिचित ब्यक्तिले ठगी गर्ने प्रयास गरेको खुलासा भएको छ ।

उज्वेकिस्तानको फो नम्बर र नक्कली इमेलमार्फत गुरुङको नामबाट विभिन्न व्यक्तिहरुलाई रकम माग्ने प्रयास भइरहेको गुरुङले फेसबुक मार्फत जानकारी गराएका हुन ।

गुरुङले उक्त घटनामा कुनै पनि संलग्नता नरहेको स्पष्ट गर्दै, यस्ता अनुरोधप्रति सतर्क रहन सबैलाई आग्रह गरेका छन्। उनले यस्ता नक्कली इमेल वा फोन नम्बरबाट आउने अनुरोधमा कुनै किसिमको सहयोग नगर्न र यस्तो घटना भेटिएमा तुरुन्तै सम्बन्धित कानुनी निकायमा उजुरी गर्न सुझाव दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*