फोनपेले “सुपर यात्रा” अभियानको घोषणा

४ आश्विन २०८१, शुक्रबार ०८:१६

काठमाडौँ । नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले “सुपर यात्रा” अभियानको घोषणा गरेको छ। चाडपर्व लक्षित यस अभियानमा हवाई टिकटकोखरिदमा आकर्षक क्यासब्याक पुरस्कार हुने कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार पहिलो हवाई टिकट बुकिङमा तीन सय क्यासब्याक प्राप्त गर्न सक्नेछन ३०० भने त्यसपछिका प्रत्येक खरिदमा रु २०० क्यासब्याकको लाभ लिन सक्नेछन।

क्यासब्याकको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ। एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन्, र हरेक हप्ता, पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन्, जसले अभियानलाई अझ रोमाञ्चक बनाएको कम्पनीको दाबी छ।

यो अफर समयमा यात्रा मागको उच्च स्तरलाई पूरा गर्न र प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न डिज़ाइन गरिएको कम्पनीले जनाएको छ।

“दशैं र तिहार नेपालमा प्रमुख यात्रा सिजनहरू हुन्। ‘सुपर यात्रा’ अभियान मार्फत, हामी हाम्रा ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौं,” फोनपेका सीएसओ सुभोद शर्माले भने, ू “क्यासब्याक प्रोत्साहन र गिफ्टहरूको माध्यमबाट, हामी ग्राहक सन्तुष्टि बढाउन र थप प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी अपनाउन प्रोत्साहित गर्न चाहन्छौं।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*