फुडमाण्डुले दशैंमा ‘बडा धमाका’ क्याम्पेन: ६० भन्दा बढी रेस्टुरेन्टहरूमा ५० प्रतिशतसम्म छुट

३ आश्विन २०८१, बिहीबार १६:२८

काठमाडौँ । नेपालको अग्रणी फुड डेलिभरी सेवा प्रदायक फुडमाण्डुले यस वर्षको विजयादशमीको अवसरमा ग्राहकलाई लक्षित गर्दै ‘बडा धमाका’ क्याम्पेन सार्वजनिक गरेको छ। कम्पनीले यसपटकको दशैंलाई झनै विशेष बनाउन, हरेक महिनाको पहिलो हप्तामा सञ्चालन हुने डबल धमाका क्याम्पेनलाई विस्तार गर्दै ठूलो छुटका साथ प्रस्तुत गरेको जनाएको छ।

फुडमाण्डुको बडा धमाका क्याम्पेन अन्तर्गत, ग्राहकहरुले काठमाडौं, पोखरा, र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूमा उपलब्ध सबै परिकारमा ५० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई चाडपर्वको उत्सवलाई अझ बढी रमाइलो र सहज बनाउने कम्पनीको विश्वास रहेको छ।

फुडमाण्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर इनेशा भट्टराईका अनुसार, यो चाडपर्व हाम्रा ग्राहकहरूको लागि विशेष होस् भन्ने हाम्रो मुख्य उद्देश्य हो। हामीले विविध र स्वादिष्ट परिकारहरूसँगै आकर्षक छुटको व्यवस्था गरेका छौं। बडा धमाका क्याम्पेनले ग्राहकहरूको यस चाडपर्वमा थप सहजता र स्वाद प्रदान गर्नेछ, जसले उनीहरूलाई प्रियजनहरूसँग अविस्मरणीय क्षणहरू बिताउन प्रेरित गर्नेछ।

बडा धमाका क्याम्पेन असोज ३ देखि असोज २३ सम्म सञ्चालनमा रहनेछ। ग्राहकहरूले फुडमाण्डुको मोबाइल एप वा वेबसाइटबाट सजिलै आफ्ना मनपर्ने परिकारहरू अर्डर गर्न सक्नेछन्। यस क्याम्पेनले दशैंको समयमा परिवार र साथीभाइसँग गुणस्तरीय खाना उपभोग गर्ने अवसरलाई थप सहज बनाउनेछ।

फुडमाण्डुले दशैंको उल्लास र उत्साहमा ग्राहकहरूको अनुभवलाई विशेष बनाउने उद्देश्य राखेको यस क्याम्पेनले नेपाली बजारमा आकर्षण सिर्जना गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*