गरिमा विकास बैंकको साधारण सभा भदौ १५ गते, सहारा विकास बैंकलाई प्राप्ति गर्ने मुख्य एजेण्डा

१४ भाद्र २०७८, सोमबार १२:१५

काठमाडौं । गरिमा विकास बैंकले विशेष साधारण सभाको मिति तय गरेको छ । बैंकले भोलि (भदौ १५ गते) बिहान १० बजे प्रधान कार्यालय लाजिम्पाटमा विशेष साधारण सभा आह्वान गरेको हो ।

बैंकले उक्त साधारण सभाबाट सहारा विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई १ः१ अनुपातमा प्राप्ति गर्न लागेको हो । प्राप्तिपश्चात गरिमा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि भदौ ९ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार भदौ ८ गतेसम्म कायम शेयरधनीले उक्त सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*