नेपाल फाइनान्सको साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मिति तय

१४ भाद्र २०७८, सोमबार ११:५८

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि (भदौ १५) गते एक दिन बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले भदौ २६ गते शनिबार हुने २८ औं वार्षिक साधारण सभाका लागि भोली बुक क्लोज गर्न भएको हो । नेपाल स्टक एक्स्चेन्जमा भदौ १४ गतेसम्म कारोबार भइ भदौ १८ गते ५ दिनभित्र संस्थाको शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा प्राप्त शेयर नामसारीको लिखितका आधारमा कायम शेयरधनीहरुmले मात्र सभामा भाग लिन पाउने छन् ।

कम्पनीको २८ औं साधारण सभा २६ गते बिहान ११ बजे केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट हुनेछ । सभाले ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्तापूँजीको १ः०ः७० अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*