सस्तियो सुनको मूल्य, प्रतितोला कति ?

३ आश्विन २०८१, बिहीबार १०:२८

काठमाडौँ । लगातार तेस्रो दिन समेत सुनको मूल्य ओरालो लागेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन निरन्तर घटि रहेको हो ।

आज सुन तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुुसार आज सुनको मूल्य एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*