आइजिआई प्रुडेन्सियलका युगेश भक्त वादे श्रेष्ठ निर्जीवन बीमा क्षेत्रका दुरदर्शी सिईओका रुपमा सम्मानित

३ आश्विन २०८१, बिहीबार ०९:५८

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ युगेश भक्त वादे श्रेष्ठलाई नेपाली निर्जीवन बीमा क्षेत्रका दुरदर्शी प्रमुख कार्यकारी अधिकृत (सिईओ) को रुपमा सम्मान गरिएको छ ।

सिईओ श्रेष्ठलाई निर्जीवन बीमा क्षेत्रबाट भिजनरी सिईओको रुपमा एयिशन प्रोफेशनल एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो । बीमा क्षेत्रमा दीगो रणनीतिक कार्ययोजना तय गरी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट नतिजा प्रदान गर्न सफल भएको भन्दै सम्मान गरिएको हो ।

सिजन मिडियाको आयोजनामा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सिईओ श्रेष्ठले उक्त सम्मान प्रदान गरेका हुन् । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा सम्पन्न कार्यक्रममा देशका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*