सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ हितग्राही खातामा, कति पाउला ओपनिङ रेञ्ज ?

१४ भाद्र २०७८, सोमबार ११:४४

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ हितग्राही खातामा जम्मा भएको छ ।शेयर प्राप्त गर्ने शेयरधनीहरुमा सानिमा लाइफको आईपीओ कारोबारमा कहिले आउने र ओपनिङ रेञ्ज कति होला भन्ने कौतुहलता भइरहेको बेला सो कम्पनीको आइपीओ एसएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो ।

धितोपत्रको दोस्रो बजारमा सूचिकरण प्रक्रियामा रहेको उक्त कम्पनीको आइपीओ दोस्रो बजारमा यसैसाता नेप्सेसँग सम्झौता भएपछि नै कारोबार सुरु हुनेछ । नेप्सेमा सूचिकृत भएपछि उक्त कम्पनीको आइपीओ दोस्रो बजारमा कारोबारमा आउनेछ ।

लगानीकर्ताहरुमा उक्त कम्पनीको आइपीओले ओपनिङ रेञ्ज कति पाउला भन्ने कौतुहलता पैदा भएको भइरहेको छ । कम्पनीले पहिलो कारोबारका लागि १०३ रुपैयाँ १७ पैसादेखि ३०९ रुपैयाँ ५१ पैसा मूल्य रेञ्ज पाउने देखिएको छ ।

नेप्सेले जुनकुनै कम्पनीको पहिलो कारोबारका लागि वास्तविक नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेकोमा उक्त रेञ्ज पाउने देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*