व्यवसायी दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पुर्जी

२ आश्विन २०८१, बुधबार १८:३३

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर अपराध गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले बुधबार उनीसहित युट्युवरहरु जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध साइबर अपराधको विषयलाई लिएर पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति प्राप्त गरेपछि अहिले उनीहरुलाई पक्राउ गर्ने तयारी भइरहेको छ ।

प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*