बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप

१४ भाद्र २०७८, सोमबार ११:०८

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले एक सूचना जारी गर्दै उक्त आइपीओमा आवेदन दिन १ दिन म्याद थप गरेको हो ।

कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीय बासिन्दाहरुका लागि ४ लाख कित्ता आईपीओ साउन ३२ गतेदेखी भदौ १४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

आज कृष्ण जन्माष्टमी परि सार्वजनिक विदा भएको कारण कम्पनीले उक्त आइपीओको आवेदन म्याद एक दिन थप गरेको हो । आवदकले भोली (भदौ १५) गते सम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिनको लागि कम्तिमा १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सकिने छ । उक्त आइपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकको शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*