मञ्जुश्री फाइनान्सको संस्थापक शेयर पुनः लिलामीमा

१४ भाद्र २०७८, सोमबार ११:०१

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । यसअघि संस्थापक शेयरधनीलाई खरिदका लागि ३५ दिने सूचना निकालेकोमा कूनै पनि आवेदन नपरे पछि कम्पनीले उक्त शेयर पुनः बोलकबोलमार्फत् बिक्री गर्न लागेको हो ।

कम्पनीले संस्थापक समूह तर्फको ९ हजार १८७ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ३०० तोकेको छ । आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोही ब्यक्ति कम्पनीले भदौ २० गते भित्र कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*