एनआइसी एशिया बैंकले ३९ स्थानको घर–जग्गा बिक्री गर्दै, सस्तो मूल्यमा यसरी दिनुहोस् आवेदन

२ आश्विन २०८१, बुधबार १३:१०

काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै देशभरीका ३९ स्थानको सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिणाममा छ, सोही अवस्था र परिणाममा बिक्री गर्ने भएको हो ।

सूचना अनुसार बैंकले मोरङ, चितवन, रौतहट, कास्की, काभ्रपलाञ्चोक, काठमाडौैँ, सिरहा लगायतका स्थानको सम्पत्ति बिक्रीमा ल्याएको छ ।

बैंकले बिक्रीमा ल्याएको सम्पत्तिहरु खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरुले सूचना प्रकाशित मितिले सात दिनभित्र बैंकको केन्द्रिय कार्यालय, कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वरमा बोलपत्र आह्वान गरेको छ ।

सूचना :

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*