लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा

१४ भाद्र २०७८, सोमबार १०:५१

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै हितग्राहीको खातामा बोनस शेयर जम्मा गरिदिएको जानकारी गराएको हो ।

कम्पनीको गत जेठ २ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको जानकारी गराएको छ ।

जेठ १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीको बोनस शेयर हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । साथै सो मिति पश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराई बोनस शेयर डिम्याट खातामा प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*