बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

२ आश्विन २०८१, बुधबार ११:०३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार पनि बैंक तथा वित्तीय संस्थाहरूबाट २५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले उक्त रकम निक्षेप संकलन उपकरणमार्फत खिच्न लागेको हो ।

केन्द्रीय बैंकले आज २१ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ ।

राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल जान नदिन नियमित रुपमा तरलता खिच्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत २५ अर्ब तान्न लागेको हो । जसको असोज २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

13.DC_-NOtice2081.06.02

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*