१०५ रुपैयाँमा नै कुमारी बैंकको शेयर सर्वसाधारणले किन्ने मौका

२ आश्विन २०८१, बुधबार १०:३८

काठमाडौँ । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २४ लाख २२ हजार ५४८ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त शेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । जसका लागि न्यूनतम १०५ रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि असोज १६ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*