लाभांश र हकप्रद प्रस्तावसहित साहज उर्जाको वार्षिक साधारण आह्वान

२ आश्विन २०८१, बुधबार १०:३२

काठमाडौं । साहज उर्जा लिमिटेडले आफ्नो चार आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आयोजना गर्ने गरी आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको भदौ ३१ गते दिउँसो ३ बजे बसेको बैठकको निर्णयले सभा आगामी कात्तिक महिनाको ४ गते बस्ने गरी आह्वान गरेको छ । सभा कार्की ब्याङ्क्वेट, बबरमहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशतका दरले हुने २८ करोड रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ०.४२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने भएका छन् ।

साथै, कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँमा बोनस सेयर वृद्धिपश्चात् हुन आउने चुक्ता पुँजी घ अर्ब ७८ करोडको १ः१ अनुपातमा तीन अर्ब अठहत्तर करोड बराबरको ३७ करोड ८० लाख कित्ता हकप्रद सेयर समेत जारी गर्ने भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आर्थिक वर्ष २०७७/०७८, २०७८ /०७९, २०७९ /०८० २२०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ ।

सोही सभाले आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९, २०७९/ ०८०२२०८० / ०८१ को लेखा परीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत) समेत पारित गर्ने छ । आर्थिक वर्ष २०८१ /०८२ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने छ ।

सभाले स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, परियोजनाका लागि लिइएको थप ऋण अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने लगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*