साहज उर्जाद्वारा लाभांश घोषणा, नगद र बोनश कति ?

२ आश्विन २०८१, बुधबार ०९:५३

काठमाडौं । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले २८ करोड रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले प्रस्तावित बोनश शेयरको कर प्रयोजनका लागि ० दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

साथै, कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँमा बोनस सेयर वृद्धिपश्चात् हुन आउने चुक्ता पुँजी  तीन  अर्ब ७८ करोडको १ः१ अनुपातमा तीन अर्ब अठहत्तर करोड बराबरको ३७ करोड ८० लाख कित्ता हकप्रद सेयर समेत जारी गर्ने भएको छ ।

कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश कम्पनीका लगानीकर्ताहरुले पाउँन सक्ने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*