भारतले हटायो इएमईपी, दशैअघि प्याज र बासमति चामलको मूल्य घट्ने

२ आश्विन २०८१, बुधबार ०९:३७

काठमाडौँ । दशैको मुखमा भारतले प्याज र बासमति चामलमा लगाउँदै आएको न्यूनतम् निर्यात मूल्य (एएमईपी) हटाएको कारण यी बस्तुहरुको बजार मूल्य घट्ने सम्भावना रहेको छ ।

भारत सरकारले प्याजको निर्यात शुल्क पनि ४० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गरेको छ । बैंगलोर गुलाब प्याजमा भने निर्यात शूल्क नलाग्ने जनाएको छ ।

यस अघि भारतले प्रतिमेट्रिक टन बासमती चामलमा ९५० र प्यान निर्यातमा ५५० अमेरिकी डलर एमइपी लगाउदै आएको थियो । साथै, प्याज निर्यातमा लाग्ने शुल्क समेत आधा घट्दा नेपाली आयातकर्ता व्यवसायी र उपभोक्तालाई राहत हुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*