मेटाको प्रतिबन्धपछि रुसी सञ्चारमाध्यले दिए कडा चुतौति, अमेरिकी चुनावमा असर पर्ने !

२ आश्विन २०८१, बुधबार ०९:२६

काठमाडौं । सोसियल मिडिया प्लेटफर्म मेटाले ‘विदेशी हस्तक्षेप’ रोक्न भन्दै आफ्ना सबै एपमा रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएको छ । मस्कोको प्रचार बढाउनका लागि उनीहरुले भ्रामण रणनीति अख्तियार गरेको भन्दै मेटाले रुसी समाचारमाध्यमलाई प्रतिबन्ध लगाउनु परेको जनाएको छ ।

उसले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सबाट रुसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको हो । अमेरिकाले रुस समर्थित समाचारमाध्यम ‘आरटी’का प्रधानसम्पादक र अन्य कर्मचारीमाथि अमेरिकी चुनावलाई प्रभावित पार्न खोजेको आरोपमा प्रतिबन्ध लगाएको केही समयमै मेटाले समेत यो घोषणा गरेको हो ।

रुसी गोप्य अभियानको प्रतिरक्षाका निमित्त केही दिनमा थप प्रतिबन्ध समेत लागू गर्ने मेटाले मध्यरातमा घोषणा गरेको छ । मेटाको यो घोषणापछि क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले कडा आलोचना गर्दै भनेका छन्, ‘रुसी मिडियाविरुद्धको कारबाही अस्वीकार्य छ । र, यो कदम उठाएर मेटा आफैं आफुलाई बदनाम गरिरहेको छ ।’

रुसी सरकार समर्थित आरटीले समेत विज्ञप्ति जारी गरेर ‘आफु स्वयंलाई राम्रो देखाउन पश्चिममा एक प्रतिस्पर्धा चलिरहेको छ । जो आरटीलाई सबैभन्दा बढी गाली गर्न सकोस् ।’ रुसी सरकार समाचार एजेन्सी आरआईए नोभोस्ती र स्पुतनिक जस्ता समाचार ब्राण्डको मूल कम्पनी रसिया सेगोडन्याले मेटाको निर्णय आफुहरुका लागि अप्रत्याशित थिएन भनी प्रतिक्रिया दिएको छ । उसले मेटालाई एक राजनीतिक संगठन भएको समेत आरोप लगाएको छ । सेगोड्न्याले भनेका छ, ‘जहाँ जहाँ हाम्रो उपस्थिति छ त्यहाँ आफ्नो काम जारी राख्ने छौँ । मेटाको यस्तो निर्णयले हाम्रो काममा केही असर पर्दैन ।’

उता, अमेरिकी विदेश मन्त्रालयले आरटीलाई युरोप, अफ्रिका र उत्तर तथा दक्षिण अमेरिकाका देशमा ‘सूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिद’मा संलग्न रहेको आरोप लगाएको छ ।

मेटाले भनेको छ, ‘सावधानीपूर्वक विचार गरेपछि, हामीले रुसको राष्ट्रिय सञ्चार माध्यमविरुछ हाम्रो चलिरहेको प्रवर्तन विस्तार गरेका हौँ ।’ आरटीमाथि अमेरिकाविरुद्ध भ्रामक सूचना फैलाउन अनलाइन सामग्री निर्माण कम्पनी टेनेसीलाई आर्थिक सहयोग गरेको आरोप समेत लगाइएको छ । टेनेसीले सन् २०२३ को अन्तिमदेखि यता अमेरिकाविद्ध लगभग दुई हजार भिडियो पोस्ट गरेको छ । भिडियोहरु युट्युवमा मात्रै एक करोड ६० लाखभन्दा बढीपटक हेरिएको अभियोजन टेनेसीमाथि छ । –एजेन्सीको सहयोगमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*