नेपाल वेयरहाउजिङ कम्पनीको वित्तीय अवस्था दयनीय, इपीएससहितका अधिकांश सूचकमा गिरावट

२ आश्विन २०८१, बुधबार ०९:०८

काठमाडौँ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेठको वित्तिय अवस्था दयनिय देखिएको छ । कम्पनीले करोडौ रुपैयाँको घाटा व्यहोरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी भने ३५७.४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यो अवधिसम्म १ करोड ४८ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म ९३ लाख १६ हजारबराबरको प्रत्यक्ष खर्च, कर्मचारीका लागि १ करोड ४२ लाख र अन्य सञ्चालनका लागि १ करोड खर्च गरेको छ ।

यस्तै कम्पनीले ३ करोड ३१ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको छ । जुन अघिल्लो आवसम्म ८० लाख ९४ हजार रुपैयाँमा सीमित थियो । कम्पनीको कुल चालु सम्पत्ति १२ करोड ४० लाख र कुल चालु दायित्व ४ करोड २६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६४ पैसा ऋणात्मक, मूल्य आम्दानी अनुपात ७७.१४ गुणा र प्रतिसेयर नेटवर्थ ८८.४६ रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*