ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुकक्लोजको मिति तय

२ आश्विन २०८१, बुधबार ०८:५२

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आव २०८०र८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय (गरेको छ ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले यो योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी असोज ११ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । यसर्थ असोज १० गतेभित्र कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का ईकाइधनीहरुलाई गत आवका लागि कर सहित ५ प्रतिशत का दरले हुन आउने रकम रु ५ करोड १२ लाख ८८ हजार १८०१ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*