गणपति लघुवित्तद्वारा कर्मचारी माग, १० कक्षा उत्तिर्णले पनि आवेदन दिन पाउने

२ आश्विन २०८१, बुधबार ०८:३१

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना जारी गर्दै शाखा प्रबन्धक (सुपरिवेक्षक, कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायक पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

सूचनामा उल्लेख भए बमोजिम स्नातक तह उत्तिर्ण गरेको, लघुवित्त वित्तीय संस्थामा तीन वर्ष कार्य अनुभव भएको र शाखा प्रबन्धक भई कम्तिमा पाँच वर्ष कार्य अनुभव भएको नेपाली नागरिकहरुले शाखा प्रबन्धकमा आवेदन दिन सक्नेछन् । साथै, प्रशिक्षार्थी सहायकमा एसएलसी पास गरेका, कम्प्यूटर सम्बधि ज्ञान भएका मानिसहरुले आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

इच्छुक नागरिकहरुले असोज १७ गतेसम्म संस्थाको आधिकारीक वेबसाइट  https://ganapatimicro.com.np/en/vacancy  मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*