सानिमा रिलायन्स लाइफको सातौं वार्षिक साधारण सभा असोज २३ गते, १८% बोनश शेयर पारित गर्ने

२ आश्विन २०८१, बुधबार ०७:२६

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ३१ गते बसेका सञ्चालक समितिको निर्णय अनुसार सभा असोज २३ गतेका दिन अनमोल बैंक्वेट, शंखमुल काठमाडौंमा बस्ने भएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले आफ्ना लगानीकर्तालाई वितरण गर्ने १८ दशमलव ३८११ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ता पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०८९।०८० को वार्षिक प्रतिवेदनमाथी छलफेल गरी पारित गर्ने भएको छ ।

त्यस्तै, साविक रिलायन्स लाइफ र सानिमा को आव २०७९।०८० को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण गर्ने सम्बन्धका प्रस्ताव समेत सभाले पारित गर्ने भएको छ ।

सभाले गत आर्थिक वर्षको लेखापरिक्षणको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको परीश्रम तोक्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । साथै, सञ्चालकहरुको सुविधा परिमार्जन गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ११ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ । तसर्थ असोज १० गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित बोनश र सभामा भाग लिन पाउँनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*