इसेवाको दशैं–तिहार बम्पर अफरः नयाँ कार र आइफोन जित्ने मौका

१ आश्विन २०८१, मंगलवार १३:२९

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी, इसेवाले दशैं, तिहार, र छठ पर्वलाई लक्षित गर्दै ’इसेवा महा–उत्सव’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत, इसेवाबाट असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म जुनसुकै कारोबार गर्ने एक भाग्यशाली ग्राहकले नयाँ इलेक्ट्रिक कार जित्ने अवसर प्राप्त गर्नेछन् ।

इसेवाका अनुसार, कुनै पनि सेवाको प्रयोग गर्दा, ग्राहकलाई बम्पर उपहार जित्ने मौका हुनेछ। साथै, हरेक महिना एक भाग्यशाली विजेताले आइफोन १६ जित्न सक्नेछन्। प्रयोगकर्ताहरूले १ सय रुपैयाँको खेल खेल्न सक्नेछन्, जुन रकम मोबाइल रिचार्जको रूपमा फिर्ता हुनेछ।

कम्पनीका अनुसार, दैनिक र साप्ताहिक रुपमा पनि विभिन्न अफर उपलब्ध हुनेछन्। दैनिक अफरमा हरेक दिनको निर्धारित समयमा फ्ल्यास सेल सञ्चालन हुनेछ, जहाँ प्रयोगकर्ताले तोकिएको समयमा अधिकतम छुट र क्यासब्याक पाउन सक्नेछन्।

साप्ताहिक अफर अन्तर्गत, हरेक मंगलबार इसेवाका मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट र क्यासब्याक प्राप्त गर्न सकिनेछ।

इसेवाले आफ्ना प्रयोगकर्ताहरुलाई यी पर्वहरूमा थप अवसर प्रदान गर्दै, डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*