एक महिनामै वाणिज्य बैंकहरुले कमाए ९ अर्ब नाफा, कुनको कति ?

३१ भाद्र २०८१, सोमबार १८:२९

काठमाडौं । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको साउन महिनामा नौ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले उक्त रकम नाफा आर्जन गरेका हुन् ।

सार्वजनिक तथ्यांक अनुसार ग्लोबल आइएमई बैंक साउन महिनामा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंक बन्न सफल भएको छ । बैंकले साउन महिनामा ८९ करोड २० लाख रुपैयाँ नाफा गरेको छ ।

दोस्रो नम्बरमा रहेको नबिल बैंक रहेको छ । नबिल बैंकले साउनमा ८० करोड ३० लाख रुपैयाँ नाफा गरेको छ । सरकारी स्वामित्वको कृषि विकास बैंक नाफा बढी गर्ने बैंकको तेस्रो नम्बरमा छ । कृषि विकास बैंकले साउनमा कुल ७१ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

हिमालयनले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७० लाख, प्रभुले ५३ करोड ८० लाख, प्राइम कमर्सियलले ५० करोड ५० लाख, कुमारीले ५० करोड ३० लाख, लक्ष्मी सनराइजले ४३ करोड ३० लाख र एनएमबिले ४२ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यस्तै, एभरेष्ट बैंकले ४२ करोेड २० लाख, सानिमाले ३८ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड सिद्धार्थले ३४ करोड ८० लाख, सिटिजन्सले ३४ करोड २० लाख, नेपाल एसबिआईले ३३ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ करोड १० लाख, एनआइसी एसियाले २६ करोड ६० लाख, नेपाल बैंकले २२ करोड ३० लाख र माछापुच्छ्रेले २० करोड २० लाख रुपैयाँ नाफा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*